Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.01.16 – संघको स्वदेशी बजार संरक्षण र ट्राफिक व्यवस्थापन कार्यक्रम सम्पन्न

संघको स्वदेशी बजार संरक्षण र ट्राफिक व्यवस्थापन कार्यक्रम सम्पन्न

मिति २०७९ बैशाख १६ गते, शुक्रबार मोरंग व्यापार संघले ट्राफिक प्रहरी कार्यालय विराटनगरलाई ट्राफिक व्यवस्थापनमा सहयोग पु¥याउने तथा स्वदेशी बजार प्रवद्र्धनमा समेत जोड दिने अभिप्रायले जनचेतनामुलक सन्देश सहितको स्टीकर टाँसिएका १०० थान रोड डिभाइडर हस्तान्तरण गरेको छ ।मोरंग व्यापार संघको महिला उद्यम समितिकी संयोजक श्रीमती वन्दना जैनज्यूको संयोजकत्वमा विराटनगर बजारमा आज आयोजित स्वदेशी बजार संरक्षण एवं ट्राफिक व्यवस्थापन कार्यक्रम अन्तरगत संघका अध्यक्ष श्री नवीन रिजालज्यूले जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक श्री शान्तिराज कोइरालाज्यूलाई सो सामग्रीहरु हस्तान्तरण गर्नु भएको थियो ।कार्यक्रममा मोरंग व्यापार व्यापार संघका अध्यक्षज्यू, पदाधिकारीज्यूहरु, कार्य समितिज्यूहरु सहित महिला उद्यम समितिकी संयोजकज्यू र सदस्यज्यूहरु र युवा उद्यम समितिका संयोजकज्यूको सहभागिता रहेको थियो ।