Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.01.18 – आ.व. २०७९/०८० को संघीय पूर्व बजेट तर्जुमा सन्दर्भमा सरोकारवालाबीच आर्थिक बहस कार्यक्रम

आ.व. २०७९/०८० को संघीय पूर्व बजेट तर्जुमा सन्दर्भमा सरोकारवालाबीच आर्थिक बहस कार्यक्रम

मिति २०७८ बैशाख १८ गते, आइतबार मोरंग व्यापार संघ र राष्ट्रिय आर्थिक सरोकार समाज, नेपाल पूर्व क्षेत्रीय समितिको संयुक्त आयोजनामा आ.व. २०७९/०८० को संघीय पूर्व बजेट तर्जुमा सन्दर्भमा सरोकारवालाबीच आर्थिक बहस कार्यक्रमको आयोजना गरिएको थियो । संघका अध्यक्ष श्री नवीन रिजालज्यूको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. १, आर्थिक मामिला तथा योजना मन्त्री माननीय ईन्द्रबहादुर आङ्बोज्यू रहनुभएको थियो । कार्यक्रममा राष्ट्रिय आर्थिक सरोकार समाज नेपाल पूर्व क्षेत्रीय समितिका संयोजक श्री जीवन प्रसाद बंजाराज्यू, राष्ट्रिय योजना आयोग, काठमाडौंका सदस्य माननीय डा. रामकुमार फुयालज्यू, केन्द्रिय समिति, राष्ट्रिय आर्थिक सरोकार समाज नेपाल, काठमाडौंका अध्यक्ष श्री गंगा बहादुर थापाज्यू, नेपाल उद्योग परिसंघ, प्रदेश नं. १, विराटनगरका अध्यक्ष श्री भीम घिमिरेज्यू, उद्योग संगठन मोरङका का.वा. अध्यक्ष श्री प्रदिप मुरारकाज्यू, विराट व्यापार संघ, विराटनगरका अध्यक्ष श्री नरेश कुमार खत्रीज्य, राष्ट्रिय आर्थिक सरोकार समाज नेपाल पूर्वक्षेत्रीय समितिका सल्लाहकार तथा स्नाकोत्तर क्याम्पस विराटनगरका अर्थशास्त्र विभागका विभागिय प्रमुख र यस कार्यक्रमको समयोजनकर्ता श्री प्रा.डा. अर्जुन बरालज्यू, मोरंग व्यापार संघ, नेपाल उद्योग परिसंघ, उद्योग संगठन मोरङ र विराट व्यापार संघका पूर्व अध्यक्षज्यूहरु, पदाधिकारीज्यूहरु, कार्यसमिति पदाधिकारी एवं सदस्यज्यूहरु, विभिन्न वस्तुगत संघका अध्यक्षज्यूहरु, युवा उद्यमी व्यवसायी विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुखज्यूहरु, बैंक तथा वित्तिय क्षेत्रका प्रमुखज्यूहरु, यसैगरी यस संघ तथा उद्योग संगठन मोरङका महिला उद्यमी समितिका साथीहरु, उद्योगी व्यवसायीज्यूहरु, संचारकर्मीज्यूहरुको सहभागिता रहेको थियो ।