Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.01.25 – Vibrant Biratnagar विषयक Biz Talk कार्यक्रम

मिति २०७९ बैशाख २५ गते, आइतबार स्थानीय तहको आसन्न निर्वाचनमा विराटनगर महानगरपालिकाको मेयर पदका प्रत्याशीहरुसँग विराटनगर शहरको समग्र आर्थिक विकासका लागि के कस्ता भावी योजना, कार्यक्रमहरु छन्, साथै प्रत्याशीहरुले पालना गर्नुपर्ने निर्वाचन आचार संहिता बारे विचार विमर्श गर्ने उद्देश्यले मोरंग व्यापार संघले Vibrant Biratnagar विषयक Biz Talk कार्यक्रम आयोजना गरेको थियो । संघका वरिष्ठ उपाध्यक्ष श्री अनुपम राठीज्यूको अध्यक्षता एवम् युवा उद्यम समितिका संयोजक श्री ओमप्रकाश शर्माज्यूको संयोजकत्वमा आयोजित सो कार्यक्रममा प्यानलिष्टका रुपमा नेपाली काँग्रेसका श्री नागेश कोइरालाज्यू, एमालेका श्री सागर थापाज्यू, राप्रपाका श्री प्रल्हाद शाहज्यू, विवेकशिल साझाका श्री अमलेश कर्णज्यू र स्वतन्त्र उम्मेदवार श्री उमेश यादवज्यूको सहभागिता रहेको थियो । संघको समृद्धि हलमा डा. सन्देश दास श्रेष्ठज्यूबाट संचालित सो कार्यक्रम मकालु टेलिभिजनबाट प्रत्यक्ष प्रशारण समेत गरिएको थियो । कार्यक्रममा संघका पूर्वअध्यक्ष श्री ताराचन्द खेतानज्यू लगायत संघका पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु, संघको महिला उद्यम समितिज्यूहरु, युवा उद्यम समितिज्यूहरु, उद्योगी व्यवसायीज्यूहरु र संचारकर्मीको सहभागिता रहेको थियो ।