Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.02.25 – संयुक्त पत्रकार सम्मेलन

मिति २०७९ जेठ २५ गते, बुधबार आ.व.२०७९/८० को बजेटबाट घ्यू तेल तथा सेनिटरी प्याड उद्योग एवम् जी.आई. वायर उद्योगमा परेको प्रभाव सम्बन्धमा मोरंग व्यापार संघ, नेपाल उद्योग परिसंघ, प्रदेश नं. १ र उद्योग संगठन मोरङले संघको सचिवालयमा विभिन्न ट्रेड युनियन अध्यक्ष एवम् पदाधिकारीहरु समेतको राय सुझाव लिई पत्रकार सम्मेलनको आयोजना गरेको थियो । पत्रकार सम्मेलन पश्चात जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी श्री काशीराज दाहालज्यू तथा उद्योग, श्रम तथा रोजगार मन्त्रालयका माननीय मन्त्री प्रताप प्रकाश हाङगामज्यूलाई संघका अध्यक्ष श्री नवीन रिजालज्यू, परिसंघका अध्यक्ष श्री भीम घिमिरेज्यू र संगठनका अध्यक्ष श्री सुयश प्याकुरेलज्यू लगायत विभिन्न उद्योगका उद्योगी व्यवसायीहरुको उपस्थितीमा ज्ञापन पत्र बुझाउनुका साथै सोही ज्ञापन पत्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौंलाई समेत बुझाइयो । उक्त कार्यक्रममा संघका पूर्व अध्यक्ष श्री पवन कुमार सारडाज्यू, तिनै संस्थाका पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु, नेपाल पत्रकार महासंघ प्रदेश नं.१ का अध्यक्षज्यू, उद्योगी व्यवसायीज्यूहरु र विभिन्न ट्रेड यूनियनका अध्यक्षज्यू, पदाधिकारीज्यू तथा संचारकर्मीज्युहरुको सहभागिता रहेको थियो ।