Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.02.27 – प्रदेश नं. १ का प्रमुख सचिवज्यूलाई ज्ञापन पत्र

उद्योग र श्रमिकको हित विपरित नेपाल सरकारद्वारा जारी आ.व.२०७९/८० का बजेट नितिहरुको विरोधमा मोरंग व्यापार संघ समेतको नेतृत्वमा थालिएको विरोध कार्यक्रम अन्तर्गत आज मिति २०७९ जेठ २७ गते, शुक्रबार विराटनगर बजार हुँदै प्रदेश नं. १ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसम्म शान्तिपूर्ण सांकेतक विरोध र्यालीको आयोजना गरी मोरंग व्यापार संघका अध्यक्ष श्री नवीन रिजालज्यू, नेपाल उद्योग परिसंघ प्रदेश नं. १ का अध्यक्ष श्री भीम घिमिरेज्यू र विभिन्न ट्रेड युनियनका प्रमुखज्यू एवम् प्रतिनिधिज्यू सहितको टोलीले प्रदेश नं. १ का प्रमुख सचिव डा. रामप्रसाद घिमिरेज्यूलाई ज्ञापन पत्र बुझाएको छ ।