Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.03.09 – वृहत विरोध प्रदर्शन

आर्थिक विधेयक २०७९/०८०मा जि.आई. वायर, वनस्पति ध्यूतेल, सेनिटरी प्याड आदि विभिन्न उद्योगहरुका लागि हुन पुगेका केही व्यवस्थाहरु त्रुटिपूर्ण रहेको भनी अर्थ मन्त्रीज्यू र अर्थ सचिवज्यूले मोरंग व्यापार संघ सहित उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ, प्रदेश नं. १, ट्रेड युनियनहरु सहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समक्ष स्वीकार गर्नु भई ती त्रुटिहरु प्रकृयागत रुपमा सच्याउने सहमति जनाउनु भएतापनि त्यस सम्बन्धमा हालसम्म पनि कुनै कदम नचालिएकाले मोरंग व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ–प्रदेश १, टे«ड युनियनहरु र हजारौँ श्रमिकहरु आज देखि दोश्रो चरणको आन्दोलनमा उत्रन बाध्य भई आज मिति २०७९ आषाढ ९ गते, दिनको ११ः३० बजे मोरङको विराटनगर–धरान सडकखण्डमा अवस्थित गोकुवा चौक, बाँसवारीमा वृहत विरोध प्रदर्शन र कोणसभा आयोजना गरिएको थियो ।यसका साथै भोली मिति २०७९ आषाढ १० गते, शुक्रबार विहान १०ः३० बजे आन्तरिक राजस्व कार्यालय, विराटनगर अगाडी एक घण्टा धर्ना दिने र आन्दोलनलाई निरन्तरता दिँदै जाने समेत कार्यक्रमहरु रहेका छन् ।