Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.03.14 – महिला सेल्फ डिफेन्स तालिम

मिति २०७९ आषाढ १४ गते, मंगलबार प्रदेश खेलकुद विकास बोर्ड, प्रदेश नं. १ र महिला उद्यम समिति, मोरंग व्यापार संघको समन्वयमा संघमा ३ दिने महिला सेल्फ डिफेन्स तालिम कार्यक्रमको समुद्घाटन गरिएको छ । प्रदेश नं. १का आन्तरिक मामिला तथा कानून मन्त्री माननीय केदार कार्कीज्यूको प्रमुख अतिथ्यता र मोरंग व्यापार संघका अध्यक्ष श्री नवीन रिजालज्यूको विशिष्ठ अतिथ्यतामा आज संघको समृद्धि हलमा सो तालिम कार्यक्रमको समुद्घाटन गरिएको थियो । कार्यक्रममा अध्यक्ष श्री नवीन रिजालज्यूले सो तालिमबाट महिलाहरुले विभिन्न विधामा आत्मरक्षाका ज्ञान र सीपहरु प्राप्त गर्ने हुँदा अत्यन्त उपयोगी रहेको बताउनु भई मुलुकमा महिलाहरुलाई अपहेलना र दुव्र्यवहार गर्ने तत्वहरु विरुद्ध कडा भन्दा कडा सजाय दिने कानूनी व्यवस्था गरिनु पर्ने तथा महिला शक्तिकरणका लागि सरकारका नीतिहरु कमजोर देखिएकाले ठोस नीतिहरु बनाई कार्यान्वयनमा ल्याउनु पर्ने नितान्त आवश्यक रहेको बताउनु भएको थियो । समुद्घाटन कार्यक्रममा संघकी महिला उद्यम समिति सदस्य एवं प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष शुश्री जिना कार्कीज्यू, मोरंग व्यापार संघको महिला उद्यम समितिकी संयोजक श्रीमति बन्दना जैनज्यू सहित बोर्डका पदाधिकारीज्यूहरु, समितिका सचिव र सदस्यज्यूहरु लगायतको उपस्थिति रहेको थियो भने आषाढ १४ गतेदेखि १६ गतेसम्म संचालन गरिने सो तालिममा प्रदेश नं. १का विभिन्न स्थानबाट करिब ६० जना महिलाहरुले सहभागिता जनाएका छन् ।