Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.03.16 – राहत सामग्री हस्तान्तरण

राहत सामग्री हस्तान्तरण

मिति २०७९ असार १६ गते, बिहीबार हालै आएको अविरल वर्षाका कारण मोरङ जिल्लाका विभिन्न स्थानमा प्रभावित हुन पुगेका सर्वसाधारण एवं बाढी पीडितहरुका लागि जिल्ला प्रशासन कार्यालय मोरङबाट मार्फत वितरण गर्न मोरंग व्यापार संघ र उद्योग संगठन मोरङको तर्फबाट राहत सामग्रीहरु, चाउचाउ ३५ कार्टुन, विस्कुट ११ कार्टुन, भुजा १०० बोरा, चिउरा २० बोरा र पानी ३५ कार्टुन उपलब्ध गराईएको छ । संघका अध्यक्ष श्री नवीन रिजालज्यू र उद्योग संगठन मोरङका उपाध्यक्ष श्री नन्द किशोर राठीज्यूले संघका निवर्तमान अध्यक्ष श्री प्रकाश मून्दडज्यू र का.का.सदस्य श्री गोपाल अग्रवालज्यू लगायतको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी श्री महेशराज तिम्सिनाज्यूलाई उक्त राहत सामग्रीहरु हस्तान्तरण गर्नुभएको थियो ।