Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.03.28 – स्वागत तथा भेटघाट कार्यक्रम

स्वागत तथा भेटघाट कार्यक्रम

मिति २०७९ असार २८ गते, मंगलबार मोरङ–सुनसरी औद्योगिक कोरिडोर अन्तर्गत रहेका दुहबी नगरपालिकाका नगर प्रमुख श्री वेद नारायण गच्छदारज्यू, बुढीगंगा गाउँपालिकाका अध्यक्ष श्री जित नारायण थापा मगरज्यू र कटहरी गाउँपालिकाका अध्यक्ष श्री देवराज चौधरीज्यूलाई मोरंग व्यापार संघमा स्वागत तथा सम्मान गरिएको थियो । मोरंग व्यापार संघका अध्यक्ष श्री नवीन रिजालज्यू, निवर्तमान अध्यक्ष श्री प्रकाश मून्दडाज्यू लगायत पदाधिकारीज्यूहरुले फूल गुच्छा तथा खादा ओढाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष श्री अनुपम राठीज्यू, उपाध्यक्ष श्री अनिल कुमार साहज्यू, उपाध्यक्ष श्री बिकास कुमार बेगवानीज्यू, महासचिव श्री अनिल सारडाज्यू र बुढीगंगा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री संजिव न्यौपानेज्यू,कटहरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री रोहिणी आचार्यज्यूको उपस्थिति रहेको थियो ।