Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.05.27 – कर्मशील अवार्ड सम्मान कार्यक्रम

मिति २०७९ भदौ २७ गते, सोमबार मोरंग व्यापार संघ र Sriyog.Com को संयुक्त आयोजनामा कर्मशील अवार्ड सम्मान कार्यक्रमको आयोजना गरिएको थियो । संघका अध्यक्ष श्री नवीन रिजालज्यू र Sriyog.Com का संस्थापक श्री प्रकाश उप्रेतीज्यूको अध्यक्षता आयोजित कार्यक्रमको प्रमुख अतिथिमा विराटनगर महानगरपालिकाका नगर प्रमुख श्री नागेश कोइरालाज्यूको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न पेशामा संलग्न कर्मशील व्यक्तित्वहरुलाई कर्मशील अवार्डबाट सम्मान गरिएको थियो । कार्यक्रममा संघका उपाध्यक्ष (उद्योग) श्री बिकास कुमार बेगवानीज्यू, सचिव श्री संजय श्रेष्ठज्यू, युवा उद्यम समिति संयोजक श्री ओम प्रकाश शर्माज्यू र महिला उद्यम विकास समिति सदस्य श्रीमती श्रुती शर्माज्यू लगायत विभिन्न क्षेत्रका महानुभावहरुको सहभागिता रहेको थियो ।