Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.07.26 – संघमा डा. स्वर्णिम वाग्लेज्यूलाई स्वागत

मिति २०७९ कार्तिक २६ गते, बुधबार, मोरंग व्यापार संघले मुलुक सहित समस्त उद्योग व्यवसाय क्षेत्रमा देखिएको विद्यमान प्रतिकूल आर्थिक अवस्थाबारे छलफल गर्न अर्थविद् डा. स्वर्णिम वाग्लेज्यू र अर्थविद् डा. गोविन्द पोखरेलज्यूसँग अन्तरक्रियात्मक BizTalk कार्यक्रम आयोजना गरेको थियो ।मोरंग व्यापार संघका अध्यक्ष श्री नवीन रिजालज्यूको अध्यक्षतामा आयोजित सो कार्यक्रमलाई संघका युवा उद्यम समिति संयोजक श्री ओम प्रकाश शर्माज्यूले सञ्चालन गर्नु भएको थियो भने कार्यक्रममा संघका अध्यक्ष श्री रिजालज्यू सहित निवर्तमान अध्यक्ष श्री प्रकाश मून्दडाज्यू, पूर्व अध्यक्षज्यूहरु, पदाधिकारीज्यूहरु, कार्यसमिति सदयहरु, महिला उद्यमीहरु, युवा उद्यमीहरु, उद्योगी व्यवसायीहरु, सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।