Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.08.01 – नवनिर्मित पुल संचालनमा ल्याउन संघको पहल

विराटनगर आई.सी.पी. जोड्ने भारत तर्फको नवनिर्मित पुल
यथाशिघ्र संचालनमा ल्याउन संघको पहल जारी

विराटनगर आई.सी.पी. जोड्न भारतको बथनाहा स्थित निर्मित नयाँ पुललाई तत्कालै संचालनमा ल्याउन संघले पहल गरिरहेकोमा आज मिति २०७९ मंसीर १ गते, बिहिबार भारतीय राजदूतावासका डिपुटी चिफ अफ मिशन श्री प्रशन्न श्रीवास्तवज्यू र वाणिज्य प्रमुख श्री सुमन शेखरज्यूलाई संघका कार्यकारी सदस्य श्री गोपाल अग्रवालज्यूले भेट गर्नु भएको छ ।

अध्यक्ष श्री नवीन रिजालज्यूद्वारा भारतीय राजदूत महामहिम श्री नवीन श्रीवास्तवज्यूका लागि प्रेषित संघको पत्र लिई काठमाडौँ स्थित भारतीय दुतावास पुग्नु भएका संघका सदस्य श्री अग्रवालज्यूले आज भारतीय दुतावासका अधिकारीहरुसँग भेटघाट गर्नु भएको हो । श्री अग्रवालज्यूले भारतीय अधिकारीहरुसँगको भेटघाटका क्रममा आगामी १५ दिन भित्र उक्त नवनिर्मित पुल संचालनमा ल्याउने गरी कार्य भई रहेको जानकारी प्राप्त भएको बताउनु भएको छ ।

नवनिर्मित सो पुलको यथाशिघ्र संचालनका लागि संघका अध्यक्ष श्री नवीन रिजालज्यूले गत साता भारतका सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यू, भारतीय सडक परिवहन तथा राजमार्ग मन्त्री माननीय नितिन गड्करीज्यू, दिल्ली स्थित नेपाली राजदूतावास लगायतलाई पत्राचार गर्नु भएको थियो ।

विराटनगर आई.सी.पी. जोड्ने भारतको बथनाहा–जोगबनी सडक खण्डमा पुलको प्रयोग हुन नसक्दा नेपाली उद्योगी/व्यवसायीहरुले विगत ११ महिना देखि भन्टावारी नाका प्रयोग गर्दै दैनिक करिब रु. एक करोड रकम अनावश्यक व्ययभार व्यहोर्दै आएका छन् ।

२०७९ मंसीर १ गते, बिहिबार