Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.08.14 – संघ, संगठन र प्रदेश १ द्वारा संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलन

मिति २०७९ मंसिर १४ गते, बुधबार मोरंग व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश नं. १ द्वारा संघको सभाकक्षमा संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ति जारी गर्नु हुँदै संघका अध्यक्ष श्री नवीन रिजालज्यू ।

प्रेश विज्ञप्ति

विगतका केहि प्रतिकूल परिवेश र नीतिहरुका कारण मुलुकमा आर्थिक समस्याहरु उत्पन्न हुन गई अर्थतन्त्र संकुचित हुन गएको छ । तरलता अभावले सृजित लगानी योग्य पूँजीको अभाव, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रभावले लागत खर्चमा भएको वृद्धि, मागमा भएको ह«ास, उधारो असुलीमा भई रहेको कठिनाई आदि विभिन्न कारणले मुलुकको उत्पादकत्व तथा आर्थिक अवस्था ह«ासोन्मूख छ भने मुलुकको उद्यमशिलता, रोजगारी सहित समस्त आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेको छ । यस जटिल आर्थिक अवस्थाको सुधार एवं सामान्यिकरणका लागि नेपाल सरकार र अर्थ व्यवस्थापकीय निकायहरुलाई तत्कालै समसामयिक उचित नीति/व्यवस्थाहरु अवलम्बन गर्न हामीले बारम्बार आवाज उठाउँदै आएको सर्व विदितै छ ।

१. यस सन्दर्भमा विद्यमान बैंकिङ एवं वित्तीय अवस्थाको सुधारका लागि नेपाल राष्ट्र बैंकले हालै मौद्रिक नीतिको समिक्षा गर्दै वाणिज्य बैंकहरुको ४.४ प्रतिशतको स्प्रेडदरलाई ४ प्रतिशत कायम गर्ने निर्णय गरेकोमा त्यसले हालको चर्को बैंक व्याजदरमा केहि राहत तुल्याउने भएकाले सो निर्णयको हामी स्वागत गर्दछौँ । यदपी, सो स्प्रेडदरलाई ३.५ प्रतिशत कायम गरिए त्यसले दीर्घकालिन रुपमा सकारात्मक प्रभाव पर्ने हुँदा सो निर्णयमा थप लचकता अपनाउँदै ३.५ प्रतिशतको स्प्रेडदर कायम गर्न नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्दछौँ ।

२. त्यस्तै, नेपाल राष्ट्र बैंकले चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शनलाई हालै कार्यान्वयनमा ल्याएकोमा विद्यमान आर्थिक जटिलतालाई दृष्टिगत गर्दै आगामी ३ वर्ष सम्मका लागि सो व्यवस्था स्थगित गर्न अनुरोध गर्दछौँ । साथै, भुपरिवेष्ठित र आयातमुखी हाम्रो मुलुकलाई वस्तु आयात गर्न ३ महिना र उत्पादन÷विक्री वितरण एवं भुक्तानी रकम प्राप्त गर्न ३ महिनासम्म लाग्ने गरेकाले वर्षमा २ पटक मात्र च्यतबतष्यल गर्न सकिने हुँदा वार्षिक कारोवार (Yearly Turnover)को २५ प्रतिशत मात्र कर्जा लिन पाउने नियम अव्यवहारिक देखिएकोले त्यो दायरा समेत बढाउन आग्रह गर्दछौँ ।

३. यसका साथै, CD Ratio को सट्टा CCD Ratio लाई आगामी ३ वर्ष सम्म ९० प्रतिशत कायम गरी तरलता अभावको समस्यालाई दीर्घकालिन रुपमा सुधार गर्न अनुरोध गर्दछौँ ।

४. त्यस्तै, CRR मा यसै वर्षदेखि भएको १ प्रतिशत बृद्धि मात्रले पनि बैंक तथा वित्तीय संस्थाहरुको ५१ अर्ब लगानी योग्य रकम निब्र्याजी रुपमा केन्द्रीय बैंकमा थन्किएकाले तत्काल यसलाई साविककै ३ प्रतिशतको सिमामा घटाई यो रकम प्रणालीमा फर्काई लगानी योग्य पुँजी बृद्धि गर्ने र आधारदर, व्याजदर न्यून गर्ने नीति अवलम्बन गर्न अनुरोध गर्दछौँ ।

५. त्यस्तै, समग्र बैंक वित्तीय संस्थाहरुको सञ्चालन तथा कर्मचारी खर्च निजहरुको टर्नओभरको आधारमा हुने गरी सिमा निर्धारण गरी अनावश्यक खर्च न्यूनकरण र बेसरेट घटाउने वातावरण श्रृजना गर्न अनुरोध गर्दछौँ ।

६. त्यस्तै, विगतमा प्रतितपत्र जारी गर्ने बैंक स्वयम्ले नै प्रतितपत्र डिस्काउन्टीङ्ग गर्ने व्यवस्था भएकोमा हाल सो व्यवस्था बन्द गरिएको र महंगो दरमा डलर टिआर लिनुपर्ने व्यवस्थाका कारण आयातमा लागत वढ्न गएकाले साविक झैँ एल सि डिस्काउन्टीङ्गको व्यवस्थालाई निरन्तरता दिन अनुरोध गर्दछौँ ।

त्यसका साथै, हालै सम्पन्न निर्वाचनबाट अब चाँडै नै नयाँ सरकारको गठन हुने भएकाले त्यसबाट मुलुकमा स्थायित्व कायम हुने र विद्यमान जटिल आर्थिक अवस्थाहरुको सामान्यिकरण एवं औद्योगिक/व्यवसायिक मैत्री नीति/नियमहरुको अवलम्बन हुने अपेक्षा गरेका छौँ ।

धन्यवाद ।

नवीन रिजाल, अध्यक्ष, मोरंग व्यापार संघ, विराटनगर ।

सुयेश प्याकुरेल, अध्यक्ष, उद्योग संगठन मोरङ, विराटनगर ।
भीम घिमिरे, अध्यक्ष, नेपाल उद्योग परिसंघ, प्रदेश नं.१, विराटनगर ।

२०७९ मंसीर १४ गते, बुधबार