Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.08.21 – संघको पहलमा मीरगञ्ज स्थित नवनिर्मित पुल अस्थायी संचालनमा

मिति २०७९ मंसीर २० गते, मंगलबार भारतको जोगबनी गएको मोरंग व्यापार संघको टोलीले भारतीय अधिकारीहरुसँग भेटवार्ता गरी भारतको बथनाहा–जोगबनी सडक खण्डमा निर्मित नयाँ पुललाई संचालनमा ल्याउने गरी सहमति गराएको छ ।

संघका पदाधिकारीहरु र कार्यसमिति सदस्यहरु सहितको टोलीले भारतको जोगबनीको आई.सी.पी. गई लेन्ड पोटर्स अथोरिटी अफ इण्डियाका प्रबन्धक रत्नाकर यादव, त्यहाँका एस.डी.एम. एस. कुमार, नेश्नल हाईवे अथोरिटी अफ इण्डियाका उमेश यादव र विजेपीका नेता दिलिप झा लगायतलाई भेट गरी नवनिर्मित पुललाई तत्काल अस्थायी रुपमै भएपनि संचालनमा ल्याउन सहमत गराएको हो ।

पुलको निर्माण कार्य सम्पन्न भई सकेता पनि केहि प्रकृयागत कार्यहरु बाँकी रहेकाले पुलको आधिकारिक उद्घाटन हुन नसकिरहेको अवस्थामा संघले अस्थायी रुपमै भएपनि तत्कालै उक्त पुल मार्फत सवारी साधनहरुको आवात–जावत खुलाई रि–रुटले प्रताडित नेपाली उद्योगी, व्यवसायी र अर्थतन्त्रलाई राहत पुग्ने भएको छ । सो पुल प्रयोग गर्न नपाउँदा नेपाली उद्योगी/व्यवसायीहरु भिमनगर–भन्टावारी नाका प्रयोग गर्न र त्यस कारण दैनिक करिब रु. एक करोडको अतिरिक्त अनावश्यक व्ययभार खेप्न बाध्य रहेको छन् ।

संघको पहलमा भारतीय अधिकारीहरुले आवागमनको क्रममा उक्त नवनिर्मित पुलमा कुनै सवारी साधनहरु पार्क गर्न नपाउने तथा पार्किङका सम्पूर्ण कार्यहरु पुल पूर्व वा आई.सी.पी.मा मात्रै गर्नु पर्ने शर्तमा सो पुल मार्फतको आवागमन थाल्ने सहमति जनाएको संघका प्रवक्ता श्री विनित सिंघानियाज्यूले बताउनु भएको छ ।

टोलीलाई संघका अध्यक्ष श्री नवीन रिजालज्यू, प्रवक्ता श्री विनित सिंघानियाज्यू सहित का.का. सदस्यहरु श्री मनिष मारुज्यू, श्री सुशिल सुरानाज्यू, श्री गोपाल अग्रवालज्यू लगायतले नेतृत्व प्रदान गर्नु भएको थियो ।