Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.10.26 – संघद्वारा आयोजित स्वागत तथा भेटघाट कार्यक्रम

संघद्वारा आयोजित स्वागत तथा भेटघाट कार्यक्रम

मिति २०७९ माघ २६ गते, बिहीबार मोरंग व्यापार संघले मोरङ जिल्लामा सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी श्री तिर्थराज भट्टराईज्यू, नेपाल प्रहरीका एस.पी. श्री दिपक पोखरेलज्यू, सशस्त्र प्रहरीका एस.पी. श्री तिर्थ बहादुर थापाज्यू र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप–अनुसन्धान निर्देशक श्री नगेन्द्र प्रसाद दाहालज्यूूलाई संघमा स्वागत गरी भेटघाट गरेको छ । संघका अध्यक्ष श्री नवीन रिजालज्यूको सभापतित्वमा आयोजित उक्त कार्यक्रमलाई संघका महासचिव श्री अनिल सारडाज्यूले संचालन गर्नुभएको थियो । कार्यक्रममा संघका अध्यक्षज्यू सहित निवर्तमान अध्यक्षज्यू, पूर्व अध्यक्षज्यूहरु, कार्यसमिति पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु, संघको महिला उद्यम समिति र युवा उद्यम समितिका संयोजकद्वय र सदस्यहरुज्यूको उपस्थिति रहेको थियो ।