Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.10.29 – अर्थ मन्त्री समक्ष संघको पुनः पहल

अर्थ मन्त्री समक्ष संघको पुनः पहल

मिति २०७९ माघ २९ गते, मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजालले अर्थ मन्त्री माननीय विष्णु प्रसाद पौडेललाई भेट गरी विद्यमान बैंकिङ जटिलताहरु निराकरणका लागि पुनः पहल गरेका छन् ।संघका अध्यक्ष रिजाल सहित उद्योग संगठन मोरङका उपाध्यक्ष नन्द किशोर राठीले अर्थ मन्त्रीलाई भेट गर्दै बैंकहरुको उच्च प्रिमियम दरका कारण बैंक व्याज दर चर्को हुन गएको बताउँदै बढिमा १ प्रतिशत मात्र प्रिमियम थप गर्न पाउने व्यवस्था ल्याउन अनुरोध गरेका थिए । त्यस्तै, बैंकहरुले पछिल्लो अवस्थामा बैंकिङ शुल्कहरु अचाक्ली रुपले बढाएकोले त्यसलाई समेत न्यून गराउन निर्देशन दिन अनुरोध गरेका छन् । साथै, अध्यक्ष रिजालले मोरंग व्यापार संघको विगतका पहलहरुबाट नेपाल राष्ट्र बैंक र बैंकहरुले निक्षेप लगायतका व्याजहरुमा केहि लचकता अपनाएकोमा धन्यवाद ज्ञापन गरेका थिए भने ऋणीहरुको व्याज दर घटाउने कार्य चाहीँ भई नसकेको जिकिर गरेका थिए ।सो क्रममा अर्थ मन्त्रीज्यूले विद्यमान निजी क्षेत्रका उद्योगी/व्यवसायीहरुको पछिल्लो खस्कँदो अवस्थालाई ध्यानमा राखी नेपाल राष्ट्र बैंकले केही लचक नियमहरु क्रमिक रुपमा ल्याइरहेको जनाउनु भएको थियो ।