Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2080.01.14 – अर्थमन्त्रीज्यूसँगको पूर्व बजेट छलफल कार्यक्रम सम्पन्न

अर्थमन्त्रीज्यूसँगको पूर्व बजेट छलफल कार्यक्रम सम्पन्न

आज मिति २०८० बैशाख १४ गते, बिहीबार मोरंग व्यापार संघ र उद्योग संगठन मोरङको सहजीकरणमा संघीय सरकारका माननीय अर्थमन्त्री डा। प्रकाशशरण महतज्यूको समुपस्थितिमा संगठनको सभाकक्षमा कोशी प्रदेशस्तरीय पूर्व बजेट छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

अर्थ मन्त्रालय, राजश्व परामर्श समितिद्वारा आयोजित उक्त कार्यक्रम पूर्व मोरंग व्यापार संघमा पाल्नु भएका अर्थ मन्त्री डा. प्रकाशशरण महतज्यूलाई संघका अध्यक्ष श्री नवीन रिजाल, निवर्तमान अध्यक्ष प्रकाश मून्दडा, पूर्व अध्यक्षहरु, पदाधिकारीहरु र कार्यसमिति सदस्यहरुले स्वागत गर्नु भई विद्यमान जटिल आर्थिक अवस्थाहरुले तंग्रिएका निजी क्षेत्रका उद्योगी/व्यवसायीहरुका आगामी बजेट प्रतिको आकांशाहरु बारे अवगत गराउनु भएको थियो ।

तत्पश्चात् अर्थ मन्त्रालय, राजश्व परामर्श समितिको आयोजना तथा मोरंग व्यापार संघ र उद्योग संगठन मोरङको सहजिकरणमा आयोजित कोशी प्रदेश स्तरीय पूर्व बजेट छलफल तथा अन्तरक्रिया कार्यक्रम संघका अध्यक्ष श्री नवीन रिजालले संघ र संगठनद्वारा संयुक्त रुपमा तयार पारिएको सुझाव पत्र अर्थमन्त्री, अर्थ सचिव लगायत समक्ष प्रस्तुत गर्नु भएको थियो ।