Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2080.03.04 – संघको ६६औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न

मिति २०८० आषाढ ४ गते, सोमबार संघीय सरकारका माननीय अर्थमन्त्री डा. प्रकाशशरण महतज्यूको प्रमुख आतिथ्यतामा मोरंग व्यापार संघको ६६औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ ।

संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री नवीन रिजालज्यूको सभापतित्वमा आयोजित उक्त साधारण सभामा विशिष्ठ अतिथिका रुपमा पूर्व रक्षामन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालज्यू, विराटनगर महानगरपालिकाका नगर प्रमुख श्री नागेश कोइरालाज्यू, सार्क चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजका उपाध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष श्री चण्डिराज ढकालज्यू महासंघका वरिष्ठ उपाध्यक्ष श्री अन्जन श्रेष्ठज्यू र महासंघका उपाध्यक्ष श्री सुरकृष्ण बैद्यज्यू उपस्थित रहनु भएको थियो ।

संघका महासचिव श्री अनिल सारडाज्यूले संचालन गर्नु भएको उक्त सभामा संघका निवर्तमान अध्यक्षज्यू, पूर्वअध्यक्षज्यूहरु, प्रमुख जिल्ला अधिकारीज्यू, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्षज्यू, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यज्यूहरु, उद्योग संगठन मोरङका का.वा.अध्यक्षज्यू, प्रहरी प्रमुखज्यूहरु, विभिन्न जिल्लाबाट पाल्नु भएका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्षज्यू तथा प्रतिनिधिज्यूहरु, विराट व्यापार संघका अध्यक्षज्यू, विभिन्न वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिज्यूहरु, नेपाल सरकारका उच्च पदस्थ अधिकारीज्यूहरु, मोरंग व्यापार संघको शाखाका अध्यक्षज्यू तथा प्रतिनिधिज्यूहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिज्यूहरु, नेपाल पत्रकार महासंघ, कोशी प्रदेश र नेपाल पत्रकार महासंघ मोरङका अध्यक्षज्यूहरु, विभिन्न टे«ड युनियनका अध्यक्ष एवं प्रतिनिधिज्यूहरु, संघका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यज्यूहरु, महिला उद्यम तथा युवा उद्यम समितिका संयोजकज्यू तथा सदस्यज्यूहरु, संघका साधारण सदस्यज्यूहरु, उद्योगी व्यवसायीहरु, सञ्चारकर्मीज्यूहरु, लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो भने सभाका प्रमुख अतिथि संघीय सरकारका माननीय अर्थमन्त्रीज्यू समक्ष संघका अध्यक्ष श्री नवीन रिजालज्यूले आर्थिक क्षेत्रमा देखिएका विभिन्न समस्या र समाधानका विषय समेटिएको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

संघको ६६औं वार्षिक साधारण सभाका केही मुख्य झलकहरुः