Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2080.03.21 – विराटनगर भन्सार प्रमुखज्यूसँग छलफल

मिति २०८० आषाढ २१ गते, बिहीबार मोरंग व्यापार संघले विराटनगर भन्सार कार्यालयका भन्सार प्रमुख श्री ज्ञानेन्द्रराज ढकालज्यूलाई संघमा स्वागत गरी भेटघाट तथा छलफल गरेको छ । संघका का.वा.अध्यक्ष श्री अनिल कुमार साहज्यूको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा मिति २०८० साउन १ गते देखि पैठारी हुने तयारी मालवस्तु बजारमा बिक्री वितरणका लागि पठाउनु अघि मालवस्तुको प्याकेजिङ्गमा आयातकर्ता र बजार वितरकको पूरा विवरण भएको लेवल लगाएर मात्र पठाउनु पर्ने र लेवल नगरी बजारमा बिक्री वितरणको लागि पठाइएको पाइएमा अनुगमन अधिकारीले त्यस्ता मालवस्तु जफत समेत गर्ने प्रावधान बारे पैठारीकर्तामा अन्योलता रहेको सम्बन्धमा गहन छलफल हुनुका साथै भन्सार कार्यालयबाट हुने जाँचपास लगायतका विभिन्न विषयमा छलफल गरिएको थियो । संघका सचिव श्री संजय श्रेष्ठज्यूले संचालन गर्नु भएको उक्त कार्यक्रममा संघका पूर्व अध्यक्षज्यू, पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु, विभिन्न वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिज्यूहरु, उद्योगी व्यवसायीज्यूहरु र संचारकर्मीज्यूहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका केही झलकहरुः