Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2080.03.27 – उद्योग संगठन मोरङका नवनिर्वाचित अध्यक्षज्यू, पदाधिकारीज्यूहरु र कार्यसमितिज्यूहरुलाई संघमा स्वागत

उद्योग संगठन मोरङका नवनिर्वाचित अध्यक्षज्यू, पदाधिकारीज्यूहरु र कार्यसमितिज्यूहरुलाई संघमा स्वागत

मिति २०८० आषाढ २७ गते, बुधबार मोरंग व्यापार संघ र नेपाल उद्योग परिसंघ, प्रदेश नं. १ ले उद्योग संगठन मोरङको नवनिर्वाचित अध्यक्ष श्री राकेश सुरानाज्यू सहित संगठनका कार्यसमितिका नवनिर्वाचित पदाधिकारीज्यूहरु र कार्यकारिणी सदस्यज्यूहरुलाई संघमा स्वागत गरेको छ । संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री नवीन रिजालज्यू र नेपाल उद्योग परिसंघ, प्रदेश नं. १ का अध्यक्ष श्री भीम घिमिरेज्यूको अध्यक्षतामा संघका महासचिव श्री अनिल सारडाज्यूद्वारा संचालित उक्त स्वागत कार्यक्रममा संघ र परिसंघका पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु, संघको महिला उद्यम समिति र युवा उद्यम समितिका संयोजक र सदस्यज्यूहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका झलकहरु:-