Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2080.04.06 – स्वागत तथा भेटघाट कार्यक्रम

मिति २०८० श्रावण ६ गते, शनिबार मोरंग व्यापार संघमा पाल्नु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति माननीय रवि लामिछानेज्यूलाई संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री नवीन रिजालज्यूले स्वागत गरी भेटघाट तथा छलफल गर्नु भएको छ । संघका महासचिव श्री अनिल सारडाज्यूद्वारा संचालित उक्त कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिज्यू सहित महामन्त्री डा. मुकुल ढकालज्यू, स्वकीय सचिव श्री प्रकाश सिग्देलज्यू, प्रदेश सभापति श्री राजेश तिम्सिनाज्यू, प्रदेश समिति सदस्य एवं विभागीय प्रमुख श्री क्षितिज गौतमज्यू लगायत संघका पूर्व अध्यक्षज्यू, पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु, महिला उद्यम समिति र युवा उद्यम समितिका संयोजकद्वय र सदस्यज्यूहरु, उद्योगी व्यवसायीज्यूहरु र संचारकर्मीज्यूहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका केही झलकहरु:-