Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2080.04.15 – स्वागत तथा भेटघाट कार्यक्रम

मिति २०८० श्रावण १५ गते, सोमबार मोरंग व्यापार संघमा पाल्नु भएका नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईज्यूलाई संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री नवीन रिजालज्यू र नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष एवं नेपाल उद्योग परिसंघका उपाध्यक्ष श्री भीम घिमिरेज्यूले स्वागत गरी भेटघाट तथा छलफल गर्नु भएको छ । संघका सचिव श्री संजय श्रेष्ठज्यूद्वारा संचालित उक्त कार्यक्रममा संघका निवर्तमान अध्यक्ष श्री प्रकाश मून्दडाज्यू लगायत संघका पूर्व अध्यक्षज्यू, संघ र परिसंघका पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु, महिला उद्यम समिति र युवा उद्यम समितिका संयोजकद्वय र सदस्यज्यूहरु, उद्योगी व्यवसायीज्यूहरु र संचारकर्मीज्यूहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका केही झलकहरु:-