Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2080.04.16 – स्वागत तथा भेटघाट कार्यक्रम

मिति २०८० श्रावण १६ गते, मंगलबार मोरंग व्यापार संघमा पाल्नु भएका पूर्व उप–प्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष माननीय राजेन्द्र प्रसाद लिङ्देनज्यूलाई संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री नवीन रिजालज्यू र नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष एवं नेपाल उद्योग परिसंघका उपाध्यक्ष श्री भीम घिमिरेज्यूले स्वागत गरी भेटघाट तथा छलफल गर्नु भएको छ । संघका महासचिव श्री अनिल सारडाज्यूद्वारा संचालित उक्त कार्यक्रममा संघका निवर्तमान अध्यक्ष श्री प्रकाश मून्दडाज्यू लगायत प्रतिनिधि सभा सदस्य एवं रा.प्र.पा. उपाध्यक्ष माननीय रोशन कार्कीज्यू, प्रदेश सभा सदस्य श्री भक्ति प्रसाद सिटौलाज्यू, रा.प्र.पा.का महामन्त्री श्री प्रहलाद प्रसाद शाहज्यू, रा.प्र.पा.का मोरङ अध्यक्ष श्री गोपाल कटुवालज्यू, पार्टीका प्रतिनिधिज्यूहरु, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्षज्यू, संघका पूर्व अध्यक्षज्यू, विभिन्न संघ/संस्थाका अध्यक्षज्यू तथा प्रतिनिधिज्यूहरु, संघ र परिसंघका पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु, महिला उद्यम समिति र युवा उद्यम समितिका संयोजकज्यू र सदस्यज्यूहरु, उद्योगी व्यवसायीहरु, संचारकर्मीहरु लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमका केही झलकहरु:-