Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2080.04.22 – अर्थतन्त्रको अवस्थाः वर्तमान परिचर्चा विषयक BIZ TALK कार्यक्रम

अर्थतन्त्रको अवस्थाः वर्तमान परिचर्चा विषयक BIZ TALK कार्यक्रम

मिति २०८० श्रावण २२ गते, सोमबार मोरंग व्यापार संघले आयोजना गरेको अर्थतन्त्रको अवस्थाः वर्तमान परिचर्चा विषयक BIZ TALK कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । मोरंग व्यापार संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री नवीन रिजालज्यूको सभापतित्वमा संयोजक श्री ओम प्रकाश शर्माज्यूद्वारा आयोजित सो BIZ TALK कार्यक्रममा Panelist का रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका माननीय ज्ञानेन्द्र शाहीज्यू, स्वतन्त्रका माननीय डा. अमरेश कुमार सिंहज्यू, ने.क.पा. एमालेकी माननीय भगवती चौधरीज्यू, राष्ट्रिय स्वतन्त्र पार्टीका माननीय गणेश पराजुलीज्यूको उपस्थिति रहेको थियो भने कार्यक्रममा डा. सन्देशदास श्रेष्ठज्यूले सहजकर्ताको रुपमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा मोरंग व्यापार संघ, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, उद्योग संगठन मोरङ र विभिन्न संघ/संस्थाका अध्यक्षज्यूहरु, पूर्व अध्यक्षज्यूहरु, पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु, महिला उद्यमीज्यूहरु, युवा उद्यमीज्यूहरु, अर्थविद्ज्यूहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिज्यूहरु, उद्योगी/व्यवसायीज्यूहरु, संचारकर्मीज्यूहरु लगायतको भव्य सहभागिता रहेको थियो ।

कार्यक्रमका केही झलकहरुः