Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2080.05.16 – स्वागत तथा भेटघाट कार्यक्रम

मिति २०८० भदौ १६ गते, शनिबार मोरंग व्यापार संघमा पाल्नु भएका मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री कृष्ण कटुवालज्यू, मकवानपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष श्री सन्तोष अर्यालज्यू, सचिव श्री श्रीकृष्ण कर्माचार्यज्यू र सदस्य श्री कृष्णराज कोइरालाज्यूलाई संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री नवीन रिजालज्यूले स्वागत गरी भेटघाट गर्नु भएको छ । वहाँहरुको स्वागतमा आयोजित सो कार्यक्रमलाई संघका सचिव श्री संजय श्रेष्ठज्यूले संचालन गर्नु भएको थियो भने कार्यक्रममा संघ निवर्तमान अध्यक्ष श्री प्रकाश मून्दडाज्यू लगायत पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु युवा उद्यम समिति संयोजकज्यू लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका केही झलकहरु:-