Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2080.05.29 – संघको महिला उद्यम समितिद्वारा दर खुवाउने कार्यक्रम सम्पन्न

संघको महिला उद्यम समितिद्वारा दर खुवाउने कार्यक्रम सम्पन्न

मिति २०८० भाद्र २९ गते, शुक्रबार मोरंग व्यापार संघको महिला उद्यम समितिले महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारी मोरङको बुढीगंगा १ स्थित महिला जागृति तथा वृद्धा आश्रमका एकल तथा वृद्ध महिलाहरुलाई दर खुवाउने कार्यक्रम आयोजना गरेको थियो ।

संघकी महिला उद्यम समिति सदस्य श्रीमती श्रृति शर्माज्यूको संयोजकत्वमा आयोजित सो कार्यक्रममा संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री नवीन रिजालज्यू, संघको महिला उद्यम समिति संयोजक श्रीमती बन्दना जैनज्यू, सचिव श्रीमती साधना झाज्यू, सदस्यहरु श्रीमती नम्रता रिजालज्यू, श्रीमती अपर्णा सारडाज्यू, श्रीमती सुनिता अग्रवालज्यू, श्रीमती जिना श्रेष्ठज्यू लगायतको उपस्थितिमा हर्षोल्लासका साथ सो कार्यक्रम सम्पन्न गरिएको थियो ।

२०८० भाद्र २९ गते, शुक्रबार

कार्यक्रमका केही झलकहरु:-