Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2080.07.02 – शुभकामना आदान प्रदान कार्यक्रम

मिति २०८० कार्तिक २ गते, बिहीबार नेपालीहरुको महान चाड विजया दशमी, शुभ दीपावली, नेपाल सम्बत् ११४४ तथा छठ पर्व २०८०को पूर्व संध्याको अवसर पारी मोरंग व्यापार संघले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । मोरंग व्यापार संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री नवीन रिजालज्यूको सभापतित्वमा कोशी प्रदेशका प्रदेश प्रमुख माननीय परशुराम खापुङ्गज्यूको प्रमुख आतिथ्यतामा सो कार्यक्रम आयोजना भएको थियो । संघका महासचिव श्री अनिल सारडाज्यूले संचालन गर्नु भएको उक्त कार्यक्रममा विभिन्न मन्त्रालयका माननीय मन्त्रीज्यूहरु र सचिवज्यूहरु, प्रतिनिधि सभाका सांसद्ज्यूहरु, प्रदेश सभाका सदस्यज्यूहरु, मोरङका प्रमुख जिल्ला अधिकारीज्यू, प्रदेश सरकारका सचिवज्यूहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अनुसन्धान विभागका प्रमुख एवं उच्च पदस्थ अधिकारीज्यूहरु, विभिन्न विश्व विद्यालयहरुका प्राध्यापकज्यूहरु, वडा अध्यक्षज्यूहरु, प्रेस युनियन मोरङका अध्यक्ष तथा प्रतिनिधिज्यूहरु, पत्रकार महासंघका अध्यक्ष तथा प्रतिनिधिज्यूहरु, विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिज्यूहरु, बैंक, वीमा तथा विभिन्न संघ–संस्थाका प्रबन्धकज्यूहरु, निर्देशकज्यूहरु, संघका पूर्व अध्यक्षज्यूहरु, विभिन्न संघ–संस्थाका अध्यक्षज्यूहरु, पदाधिकारीज्यूहरु तथा प्रतिनिधिज्यूहरु, विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिज्यूहरु, उद्योगी व्यवसायीहरु, समाजसेवीहरु, वुद्धीजिवीहरु, संचारकर्मीहरु लगायतको भव्य उपस्थिति रहेको थियो ।

कार्यक्रमका केही झलकहरुः