Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2080.07.13 – सामाजिक सुरक्षा, आजको आवश्यकता विषयक छलफल कार्यक्रम

मिति २०८० कार्तिक १३ गते, सोमबार मोरंग व्यापार संघ र सामाजिक सुरक्षा कोष (काठमाडौं)को संयुक्त आयोजनामा औद्योगिक/व्यवसायिक प्रतिष्ठानमा कार्यरत श्रमिक, कामदारहरुको ‘सामाजिक सुरक्षा, आजको आवश्यकता’ विषयक छलफल कार्यक्रमको आयोजना गरिएको थियो । संघका का.वा.अध्यक्ष श्री अनिल कुमार साहज्यूको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्री कविराज अधिकारीज्यू, उपनिर्देशक श्री रोहित रेग्मीज्यू र विराटनगरका शाखा प्रमुख श्री सौरभ कुमार मिश्रज्यूको उपस्थिति रहेको थियो । साथै, संघका उपाध्यक्ष (उद्योग) श्री बिकास कुमार बेगवानीज्यूद्वारा संचालित सो कार्यक्रममा संघका पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु, विभिन्न उद्योग प्रतिष्ठानका संचालकज्यू तथा प्रतिनिधिज्यूहरु र संचारकर्मीज्यूहरुको सहभागिता रहेको थियो ।