Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2080.08.17 – BIZ TALK कार्यक्रम

मिति २०८० मंसिर १७ गते,आइतबार मोरंग व्यापार संघले मुलुक वर्तमान अवस्था र अबको निकास विषयक छलफल गर्न पूर्व रक्षा मन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालज्यू र पूर्व अर्थमन्त्री एवं वरिष्ठ अर्थविद् डा. युवराज खतिवडाज्यूसँग अन्तरक्रियात्मक BIZ TALK कार्यक्रम आयोजना गरेको थियो । मोरंग व्यापार संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री नवीन रिजालज्यूको अध्यक्षतामा आयोजित सो कार्यक्रममा अभय कुमार राईज्यूले सहजकर्ताको रुपमा सहजीकरण गर्नुभएको थियो भने कार्यक्रमलाई संघका महासचिव श्री अनिल सारडाज्यूले सञ्चालन गर्नु भएको थियो भने कार्यक्रममा संघका अध्यक्ष श्री रिजालज्यू सहित निवर्तमान अध्यक्ष श्री प्रकाश मून्दडाज्यू, पूर्व अध्यक्षज्यूहरु, पदाधिकारीज्यूहरु, कार्यसमिति सदयहरु, महिला उद्यमीहरु, युवा उद्यमीहरु, उद्योगी व्यवसायीहरु, सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका केही झलकहरुः