Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2080.10.14 – कर आयोग समक्ष संघद्वारा सुझाव पत्र प्रस्तुत

मिति २०८० माघ १४ गते, आईतबार मोरंग व्यापार संघका अध्यक्ष श्री नवीन रिजालज्यूले कर प्रणाली सुधारका लागि गठित उच्चस्तरीय सुझाव समितिद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा संघको तर्फबाट विभिन्न सुझावहरु सहितको सुझाव पत्र बुझाउनु भएको छ ।

कार्यक्रमका क्रममा अध्यक्ष श्री रिजालज्यूले सीमा नाकाबाट हुने विशेषगरी विभिन्न १७ वटा दैनिक उपभोग्य सामग्रीहरुको मुल्यांकन तथा भन्सार महशुल दर घटाउन आग्रह गर्नु भएको थियो । साथै, अध्यक्षज्यूले देश भरीका जिल्ला/नगर उद्योग वाणिज्य संघहरुबाट संकलित निजी क्षेत्रका उद्योग÷व्यवसाय प्रतिष्ठानहरुको हकहित सम्बन्धि सल्लाह सुझावहरु र मोरङ–सुनसरी औद्योगिक कोरिडोरका उद्योग/व्यवसाय प्रतिष्ठानहरुका राजस्व सम्बन्धि विभिन्न सुझावहरु संकलन गरी आयोग समक्ष प्रस्तुत गर्नु भएको थियो ।

संघका अध्यक्ष श्री रिजालज्यू सहित महासचिव श्री अनिल सारडाज्यूको सहभागिता रहेको सो कार्यक्रममा विराटनगर पाल्नु भएका कर प्रणाली सुधारका लागि गठित उच्चस्तरीय सुझाव समितिका पदाधिकारीज्यूहरु समक्ष उक्त सुझाव पत्र हस्तान्तरण गरिएको थियो ।

२०८० माघ १४ गते, आईतबार