Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2080.11.06 – भेटघाट तथा छलफल कार्यक्रम

मिति २०८० फागुन ६ गते, आइतबार मोरंग व्यापार संघ र नेपाल उद्योग परिसंघ, कोशी प्रदेशले संयुक्त रुपमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय काठमाडौका सचिव श्री मुकुन्द प्रसाद निरौलाज्यूसँग संघको सभाकक्षमा भेटघाट तथा छलफल कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय काठमाडौका सचिव श्री मुकुन्द प्रसाद निरौलाज्यू समक्ष संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री नवीन रिजालज्यूले उद्योगी व्यवसायीहरुको विद्यमान समस्याहरु जानकारी गराउनु भई समस्या समानार्थ सुझावहरु प्रस्तुत गर्नुभएको थियो ।

संघका महासचिव श्री अनिल सारडाज्यूद्वारा संचालित सो कार्यक्रममा अध्यक्ष श्री रिजालज्यू सहित नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष श्री पवन कुमार सारडाज्यू, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष श्री भीम घिमिरेज्यू, संघका निवर्तमान अध्यक्ष श्री प्रकाश मून्दडाज्यू, उद्योग संगठन मोरङका अध्यक्ष श्री राकेश सुरानाज्यू र गुणस्तर तथा नापतौल कार्यालय विराटनगरका कार्यालय प्रमुख श्री शम्भु कुमार झाज्यू, तिन वटै संघ–संस्थाका पदाधिकारीज्यूहरु, कार्यसमिति सदयहरु, महिला उद्यमीहरु, युवा उद्यमीहरुज्यू लगायतको उपस्थिति रहेको थियो ।