Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2080.11.18 – स्वागत तथा भेटघाट कार्यक्रम

मिति २०८० फागुन १८ गते, शुक्रबार मोरंग व्यापार संघले मोरङ जिल्लामा सरुवा भई आउनु भएका कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्री चन्द्र कुवेर खापुङ्गज्यू, मोरङ जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्री नवराज कार्कीज्यू, सशस्त्र प्रहरी बलका प्रहरी उपरिक्षक श्री विश्वबन्धु खड्काज्यू, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप–अनुसन्धान निर्देशक श्री तिलक प्रसाईज्यू सहित वरिष्ठ प्रहरी उपरिक्षक श्री जयराज सापकोटाज्यू र प्रहरी उपरिक्षक श्री दिपक पोखरेलज्यूलाई संघको सभाकक्षमा स्वागत गरी भेटघाट गरेको छ ।

संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री नवीन रिजालज्यू र निवर्तमान अध्यक्ष श्री प्रकाश मून्दडाज्यूले फुल गुच्छा र खादा लगाएर स्वागत गर्नु भई मोरङ जिल्ला, सीमा नाका र आसपासका क्षेत्रको शान्ति सुरक्षाको अवस्था तथा थप सुरक्षाका आवश्यकताहरु बारे अवगत गराउनु भएको थियो । संघका उपाध्यक्ष श्री अनिल कुमार साहज्यूले संचालन गर्नु भएको सो कार्यक्रममा अध्यक्ष श्री रिजालज्यू, निवर्तमान अध्यक्ष श्री मून्दडाज्यू सहित संघका पदाधिकारीज्यूहरु, कार्यसमिति सदयहरु, महिला उद्यमीहरु, युवा उद्यमीहरुज्यू लगायतको उपस्थिति रहेको थियो ।