Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

‘मोरंग व्यापार संघ’को ६५औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न
अर्थमन्त्रीद्वारा संघलाई ‘आर्थिक सल्लाहकार’ घोषणा

मिति २०७८ मंसिर १७ गते, शुक्रबार, मुलुककै जेठो उद्योग वाणिज्य संघ ‘मोरंग व्यापार संघ’को ६५औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ । संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूको अध्यक्षतामा आयोजित उक्त वार्षिक साधारण सभामा प्रमुख अतिथिका रुपमा संघीय सरकारका अर्थमन्त्री माननीय जनार्दन शर्मा ‘प्रभाकर’ज्यू पाल्नु भएको थियो भने विशिष्ठ अतिथिका रुपमा प्रदेश नं. १का मुख्यमन्त्री माननीय राजेन्द्र कुमार राईज्यूको उपस्थिति रहेको थियो ।

सभामा संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूले उपस्थित सम्पूर्ण महानुभावहरुको स्वागत गर्दै संघको तर्फबाट स्वागत मन्तव्य राख्नु भएको थियो । अध्यक्ष मून्दडाज्यूले स्वागत मन्तव्यका क्रममा माननीय अर्थमन्त्रीज्यू समक्ष कोभिड १९ महामारीले ग्रसित उद्योगी÷व्यवसायीहरु पुर्नस्थापनाको मार्गमा अघि बढिरहेकोमा पुनः ओमिक्रोम भेरियन्टको महामारीले नेपालको अर्थतन्त्र प्रभावित हुन सक्ने कुरा प्रति चिन्ता व्यक्त गर्दै नेपाल सरकार समयमै सचेत भई सो भेरियन्ट प्रतिकारका लागि तयारी अपनाउनु पर्नेमा जोड दिनु भएको थियो । मन्तव्यका क्रममा अध्यक्ष श्री मून्दडाज्यूले नेपाल सरकारले प्रक्षेपण गरेको ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न मुलुकमा उपलब्ध श्रोत साधनहरुको उच्चतम् खपत गर्नु पर्नेमा जोड दिँदै आर्थिक रुपान्तरणका उपयोग गर्न सकिने त्यस्ता श्रोतहरु बारे उल्लेख गर्नु भएको थियो । अध्यक्ष श्री मून्दडाज्यूले नेपाल भुपरिवेष्ठित मुलुक भएतापनि मुलुकमा कृषि, उद्योग, पर्यटन, हाईड्रोपावर, जलस्रोत र शिक्षाको उचित प्रबन्ध गरिए मुलुकको अर्थतन्त्रलाई मल्टीफोल्ड विकास गर्न सकिने बताउँदै ती क्षेत्रमा औद्योगिकरणका लागि निजी क्षेत्रलाई लगानी मैत्री वातावरण श्रृजना गर्न आग्रह गर्नु भएको थियो । अध्यक्ष श्री मून्दडाज्यूले मुलुकमा उर्जाको अवस्था र उद्यमी÷व्यवसायीहरुले भोगिरहेका समस्याहरु बारे अवगत गराउँदै तिनका समाधानार्थ आवश्यक क्षेत्रगत दीर्घकालिन नीतिहरु बारे जानकारी गराउनु भएको थियो । मन्तव्यका क्रममा अध्यक्ष श्री मून्दडाज्यूले नेपाली उद्योगी र विदेशी निवेश, मुलुकको पूँजीगत बजेट खर्च, बैंकिङ प्रणाली, रेमिट्यान्समा आधारित अर्थतन्त्र, पर्यटन, कृषि, शिक्षा, पूर्वाधार निर्माण लगायत अन्य विभिन्न विषयमा सरकारबाट अपेक्षित व्यवस्थाहरु बारे अवगत गराउनु भएको थियो ।

अध्यक्ष श्री प्रकाश मून्दडाज्यूको स्वागत मन्तव्य पश्चात् प्रमुख अतिथि संघीय सरकारका अर्थमन्त्री माननीय जनार्दन शर्मा ‘प्रभाकर’ज्यूूले पानसमा दियो बाली सो सभाको समुद्घाटन गर्नु भएको थियो भने संघले आफ्नो ६५औं वार्षिक साधारण सभाको अवसरमा अन्तर्राष्ट्रिय अपाङ्गता दिवस समेत परेकाले ‘द लिप्रोसी मिसन नेपाल, प्रदेश १’सँगको समन्वयमा माननीय अर्थमन्त्रीज्यूको बाहुलीबाट चार जना अपाङ्ग नागरिकहरुलाई ह्वील चेयर र एक जना दृष्टिविहिन नागरिकलाई रु. २,२५,०००|– रकम उपलब्ध गराएको थियो ।

सभामा अतिथिका रुपमा पाल्नु भएका प्रतिनिधि सभाका सांसद्ज्यूहरु माननीय शिवकुमार मण्डल, माननीय गोपी आछामीज्यू, माननीय अमनलाल मोदीज्यू, प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री माननीय ईन्द्र बहादुर आङ्बोज्यू, प्रदेश नं. १का प्रदेश सभा सदस्य माननीय कुलप्रसाद साम्वा लिम्बु (कुशल)ज्यू, माननीय चुम नारायण तवदारज्यू, माननीय विन्दिया कार्कीज्यू, माननीय सावित्रा रेग्मीज्यू, अर्थ मन्त्रालयका अर्थ सचिव श्री मधुकुमार मरासिनीज्यू, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष श्री टिका ढकालज्यू, नेपाल उद्योग परिसंघ, प्रदेश नं. १का अध्यक्ष श्री भीम घिमिरेज्यू, उद्योग संगठन मोरंगका अध्यक्ष श्री सुयस प्याकुरेलज्यू, विराट व्यापार संघका अध्यक्ष श्री सुजन थापाज्यू, नेपाल सरकारका उच्च पदस्थ अधिकारीज्यूहरु, मोरङका प्रमुख जिल्ला अधिकारी श्री काशीराज दाहालज्यू, सुनसरी जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी श्री इन्द्रदेव यादवज्यू लगायतले संघको गरिमामय वार्षिक साधारण सभाको सफलताको शुभकामना दिनु भएको थियो भने निजी क्षेत्रका संघ–संस्थाका अध्यक्ष एवं प्रमुखज्यूहरुले माननीय अर्थमन्त्रीज्यू समक्ष आ–आफ्नो धारणा समेत राख्नु भएको थियो ।

संघका अध्यक्ष श्री मून्दडाज्यूले सो गरिमामय वार्षिक साधारण सभाको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गर्नु भएको थियो जस अन्तरगत संघका शाखा समन्वय समितिका संयोजक श्री नवराज चापागाईज्यू, समाजसेवी श्री भीखम चन्द सरलज्यू, कोभिड–१९ सत्रंmमित शव व्यवस्थापक गर्ने बरगाछी युवा समूह (रविन कार्की ग्रुप) (नगद रु. १५,००० सहित), कोभिड १९ महामारीमा अग्रपंत्तीमा सेवा दिनु भएका विराट मेडिकल कलेजका डा. स्वस्तिकराज कोइरालाज्यू, संघलाई सहकार्य गर्नु भएका उद्योग संगठन मोरंगका निवर्तमान अध्यक्ष श्री भीम घिमिरेज्यू, संघको सहयात्री संस्था उद्योग संगठन मोरङ, आर्थिक पत्रकार श्री विनोद भण्डारीज्यू (नगद रु. ३१,००० सहित), १९ वर्षीय उदयीमान प्रेरक वक्ता (मोटिभेसनल स्पीकर) श्री वैभव नाहाटाज्यू, शिक्षा क्षेत्रका योगदानकर्ता प्राध्यापक डा. श्री यादवराज कोईरालाज्यू, महिला उद्यमी श्रीमती सिता राईज्यू, मोरङ–सुनसरी औद्योगिक कोरिडोरमा आर्थिक वर्ष २०७५|७६ र २०७६|७७का सर्वाधिक निर्यातकर्ता श्री अरिहन्त मल्टीफाईबर लिमिटेड, आर्थिक वर्ष २०७७|७८का सर्वाधिक निर्यातकर्ता श्री स्वास्तीक आयल इण्डष्ट्रिज प्रा. लि., नेपालका प्रथम आई.सी.सी. प्यानल एम्पायर श्री बुद्धि बहादुर प्रधानज्यू र कोभिड अस्पताल स्थापना गर्नु भएका संघका निर्वतमान अध्यक्ष एवं नागरिक केयर सेन्टरका अध्यक्ष श्री पवन कुमार सारडाज्यू सम्मानित हुनु भएको थियो । त्यस्तै, अध्यक्षज्यूले संघका ३२औँ कार्यसमितिका सदस्यज्यूहरु, महिला उद्यम समिति सदस्यज्यूहरु, संघका शाखाहरु, सल्लाहकारज्यूहरु, सचिवालयका कर्मचारीहरु लगायतलाई समेत सम्मान एवं प्रशंसा पत्र वितरण गर्नु भएको थियो ।

सभामा मन्तव्य दिने क्रममा विशिष्ट अतिथि प्रदेश नं. १ का मुख्यमन्त्री माननीय राजेन्द्र कुमार राईज्यूले उद्योगी–व्यवसायीको सहयोगले मात्र अर्थतन्त्रलाई सुदृढ बनाउन सकिने हुँदा आर्थिक समृद्धिका लागि रोजगारी सिर्जना गर्ने औद्योगिक क्षेत्रको विकास आवश्यक रहेको र त्यसका लागि तीनै तहका सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्नु पर्ने बताउनु भएको थियो ।

मन्तव्य दिँदै अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले पूँजी बजारको अस्वभाविक वृद्धिलाई नियन्त्रण गर्नुपर्ने जरुरी रहेको बताउँदै दुई वर्ष भित्रै दोब्बर अनुपातमा बृद्धि भएको शेयरबजारले उत्पादनमूलक क्षेत्रको लगानीलाई निरुत्साहित गर्न सक्ने बताउनु भएको थियो ।

त्यसैगरी, संघको ६५औँ वार्षिक साधारण सभाको अवसर पारी प्रमुख अतिथि संघीय सरकारका अर्थमन्त्री माननीय जनार्दन शर्मा ‘प्रभाकर’ज्यूले मुलुकको आर्थिक व्यवस्था सुदृढिकरणका लागि मोरंग व्यापार संघ निरन्तर प्रयासरत र चिन्तनशील रहँदै आएको तथा अर्थतन्त्र विकासका लागि विशेष योगदान पु¥याउँदै आएको बताउँदै अर्थ मन्त्रालयलाई उद्योग, व्यवसाय तथा आर्थिक क्षेत्रका विभिन्न विषय वस्तुहरुमा आवश्यक राय सुझावका लागि मोरंग व्यापार संघलाई संघीय सरकारको अर्थ मन्त्रालयको आर्थिक सल्लाहकारको रुपमा घोषणा गर्नु भएको थियो ।

त्यसै क्रममा माननीय अर्थमन्त्रीज्यूले राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउन सरकार र निजी क्षेत्र बीच पारस्परिक सम्बन्ध रहनु पर्ने, सरकारलाई निजी क्षेत्रको साथ आवश्यक पर्ने तथा दुरगामी प्रभावका योजनाहरुको खाँचो रहेको बताउँदै माननीय अर्थमन्त्रीज्यूले संघले उठाएको सुनसरीको अमडुवामा अवस्थित ६३२ विघा जमिनमा ‘क्रस बोर्डर औद्योगिक क्षेत्र’ निर्माण गर्नु पर्ने मागलाई सम्बोधन गर्न सरकार तयार रहेको बताउनु भई संघलाई त्यस प्रस्तावित क्षेत्रको योजना लिएर आउन आग्रह गर्नु भएको थियो ।

माननीय अर्थमन्त्रीज्यूले सरकार र निजी क्षेत्रको प्राथमिकता आर्थिक विकास नै रहेको तथा सरकार सडक र विद्युत सञ्जाल पु¥याउन आतुर रहेको बताउँदै निजी क्षेत्रबाट त्यस प्रकारका योजनाहरुका प्रारुप प्रस्तुत गरिए आगामी बजेटमा त्यसलाई समेत सम्बोधन गरिने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । साथै, प्रदेश र स्थानीय तहलाई बलियो बनाउन सक्दा मात्रै समान आर्थिक प्रणालीको विकास हुने बताउँदै माननीय अर्थमन्त्रीज्यूले विराटनगरलाई शैक्षिक, स्वास्थ्य र पर्यटन केन्द्रको रुपमा पनि अगाडी बढाउन सकिने सम्भावना रहेकाले त्यसका लागि पनि लगानी बढाउन आग्रह गर्नु भएको थियो ।


संघको सो ६५औं वार्षिक साधारण सभाको समुद्घाटन समारोह महासचिव श्री अनिल कुमार साहज्यूले संचालन गर्नु भएको थियो भने सभाको अन्त्यमा संघका वरिष्ठ उपाध्यक्ष श्री नवीन रिजालज्यूले प्रमुख अतिथिज्यू, विशिष्ठ अतिथिज्यू, अतिथिज्यूहरु लगायत उपस्थित सम्पूर्ण महानुभावहरुलाई वहाँहरुको वृहत सहभागिताबाट सो गरिमामय सभा सभ्य र भव्य रुपले सम्पन्न भएको बताउँदै धन्यवाद मन्तव्य दिनु भएको थियो ।

सभामा प्रदेश नं. १ का सेना तथा प्रहरी प्रमूखज्यूहरु, संघका पूर्व अध्यक्षज्यूहरु, शाखा अध्यक्षज्यू, विभिन्न राजनैतिक दलका केन्द्रीय सदस्यज्यूहरु, अध्यक्षज्यूहरु एवं प्रतिनिधिज्यूहरु, विभिन्न जिल्ला नगर उधोग वाणिज्य संघका अध्यक्ष एवं प्रतिनिधिज्यूहरु, नेपाल पत्रकार महासंघ प्रदेश नं. १ र पत्रकार महासंघ मोरङका अध्यक्षज्यूहरु, विभिन्न टे«ड युनियनका अध्यक्ष एवं प्रतिनिधिज्यूहरु, विभिन्न सरकारी गैर सरकारी संघ संस्थाका प्रमूख तथा प्रतिनिधीज्यूहरु, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रबन्धकज्यूहरु, संघका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यज्यूहरु, महिला उद्यमी समितिका सदस्यज्यूहरु, संघका साधारण सदस्यज्यूहरु, उद्योगी व्यवसायीहरु, सञ्चारकर्मी मित्रहरु समेतको भव्य उपस्थिति रहेको थियो ।

२०७८ मंसीर १९ गते, आइतबार