Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

Coordination for operation of Industries, Trade & Market amid COVID 19 विषयक WEBINAR कार्यक्रम सम्पन्न:

आज मिति २०७७ जेठ १२ गते, सोमबार मोरंग व्यापार संघ र उद्योग संगठन मोरङद्वारा संयुक्त रुपमा Coordination for operation of Industries, Trade & Market amid COVID 19 विषयक वेभिनार कार्यक्रम संचालन गरिएको थियो ।

मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यू र उद्योग संगठन मोरङका अध्यक्ष श्री भीम घिमिरेज्यूकोे सभापतित्वमा आज बेलुकी ४ः०० बजेदेखि आयोजना गरिएको उक्त वेभिनार कार्यक्रममा प्यानलिष्टका रुपमा संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री माननीय मोती दुगडज्यू, प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री माननीय हिक्मत कार्कीज्यू, नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष श्रीमती भवानी राणाज्यू, संघीय सरकारका गृह सचिव श्री महेश्वर न्यौपानेज्यू, नेपाल प्रहरीका महानिरीक्षक श्री ठाकुर प्रसाद ज्ञवालीज्यूको उपस्थिति रहेको थियो ।

कोभिड १९ र बन्दाबन्दीले निम्त्याएको विषम् परिस्थितिबारे चर्चा परिचर्चा गर्दै मुलुकमा उत्पन्न भएको आर्थिक संकटलाई न्यूनिकरण गर्न उद्योग, व्यवसाय र बजार संचालन गर्न सरकार र निजी क्षेत्रको समन्वय बारे सरकार र निजी क्षेत्रका विशिष्ठ व्यक्तित्वहरुसँग छलफल गर्न मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूको नेतृत्वमा उक्त वेभिनार कार्यक्रम आयोजना गरिएको थियो ।

मोरंग व्यापार संघका वरिष्ठ उपाध्यक्ष श्री नविन रिजालज्यूले मोडरेटरको रुपमा संचालन गर्नु भएको उक्त वेभिनारमा सभापतित्व गर्नु हुँदै संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूले स्वागत मन्तव्य राख्नु भएको थियो भने सभापतिकै रुपमा रहनु भएका उद्योग संगठन मोरङका अध्यक्ष श्री भीम घिमिरेज्यूले वर्तमान परिस्थितिहरु बारे प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा आमन्त्रित वीरगञ्ज उद्योग वाणिज्य संघका का.वा.अध्यक्ष श्री सुबोध कुमार गुप्ताज्यू, सिद्धार्थनगर (भैरहवा) उद्योग वाणिज्य संघका अध्यक्ष श्री कुल प्रसाद न्यौपानेज्यू र नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष श्री अब्दुल वाहिद मन्सुरीज्यूहरुले समेत आ–आफ्नो क्षेत्रको अवस्था बारे अवगत गराउनु भएको थियो ।

वीरगञ्ज, सिद्धार्थनगर (भैरहवा) र नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष तथा का.वा. अध्यक्षज्यूहरुको मन्तव्य पश्चात् प्यानलिष्टहरुले वेभिनार मार्फत आ–आफ्नो प्रतिक्रिया दिनु भएको थियो ।

मोरंग व्यापार संघको फेसबुक पेजमार्फत समेत प्रत्यक्ष प्रसारण गरिएको उक्त वेभिनार कार्यक्रममा मोरंग व्यापार संघ र उद्योग संगठन मोरङका पूर्व अध्यक्षज्यूहरु, निर्वमान अध्यक्षज्यूहरु पदाधिकारी तथा कार्यसमिति सदस्यज्यूहरु, महिला विकास उद्यम समिति सदस्यज्यूहरु, विभिन्न उद्योग वाणिज्य संघ–संस्थाका अध्यक्ष एवं प्रतिनिधिज्यूहरु, संघका शाखा अध्यक्षज्यूहरु एवं प्रतिनिधिज्यूहरु, सदस्य लगायतका उद्योगी व्यवसायीज्यूहरु, संचारकर्मीहरु एवं विभिन्न क्षेत्रमा आवद्ध महानुभावहरुको उपस्थिति रहेको थियो भने वेभिनारको अन्त्यमा उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष श्री सुयष प्याकुरेलज्यूले धन्यवाद मन्तव्य राख्नै कार्यक्रमको समापन गर्नु भएको थियो ।

प्रत्यक्ष प्रसारण गरिएको उक्त वेभिनार मोरंग व्यापार संघको फेसबुक पेज (https://www.facebook.com/mmamorang/videos/1365097033690741) मा गई हेर्न सकिने व्यवस्था समेत गरिएको छ ।

मितिः २०७७ जेठ १२ गते, सोमबार